Monday, February 23, 2015

NRN यु.के को बिवाद को अन्त्य।NRN controversy Ended at Last

स्रोत: कन्तिपुर (नवीन पोखेरेल)
गैर आवासीय नेपाली संघ, बेलायत (एनआरएनए यूके) कोकरिब डेढ वर्ष यताको विवाद साम्य भएको छ । एनआरएनए आइसीसीको निर्देशन बमोजिम शनिवार अल्डरसटमा सम्पन्न विशेष साधारणसभाले महेन्द्र कंडेललाई अध्यक्ष घोषणा गरेपछि संस्थाको लामो तिक्तता अन्त्य भएको हो ।
प्रमुख अतिथी एनआरएनए आइसीसी महासचिव कुमार पन्तले होहल्ला र तनावबीच कंडेललाई अध्यक्ष भएको घोषणा गरे । योगेन्द्रबहादुर क्षेत्री पक्षधरहरुको दिनभरिको होहल्ला, माइक खोसाखोस र चकाचर्कीबीच महासचिव पन्तले राती दश बजेतिर कंडेललाई वधाई दिंदै संस्थाको विवाद साम्य पार्न सहयोग गर्ने सबै एनआरएन अगुवाप्रति आभार व्यक्त गरेका थिए ।
‘विगतमा जे जस्ता विमति वा तिक्तता भएपनि यो एकताले संस्थाको छवि पूर्ववत अवस्थामा आउने मेरो अपेक्षा छ’, पन्तले भने, ‘सौहाद्र वातावरणमा अध्यक्ष घोषणा कार्यक्रम हुन नसकेपनि आइसीसीले छानवीन समितिको प्रतिवेदन र बैठकको निर्णय बमोजिम कंडेलजीलाई अब अध्यक्ष स्वीकारेको छ ।’
साधारणसभा चलिरहंदा अध्यक्ष योगेन्द्र क्षेत्री, महासचिव योगकुमार फगामी र सचिव संगिता मरहट्ठाले राजीनामा दिएका छन् ।
यसअघि बिहान भएको उद्घाटन सत्रमा प्रमुख अतिथि कार्यवहाक राजदूत तेजबहादुर क्षेत्री, विशेष अतिथी एनआरएनए आइसीसी महासचिव कुमार पन्त, विशेष अतिथि एनआरएनए युरोप संयोजक अर्जुनकुमार श्रेष्ठ, आइसीसी संरक्षक क्या. रि. हितमान गुरुङ, एनआरएनए यूके संरक्षक मेजर रिटायर्ड डमर घले, संरक्षक सूर्य गुरुङ, आइसीसी सल्लाहकारहरु डा.हेमराज शर्मा, विश्व आदर्श पण्डित, एनआरएनए यूके आइसीसी सदस्य थर्क सेन, आदिवासी जनजाति महासंघ, बेलायतका अध्यक्ष श्री लिम्बु, दूतावासका मिलिट्री अट्याची प्रदीपजंग केसी लगायतले शुभकामना मन्तव्य दिए । शुभकामना मन्तव्यका क्रममा वक्ताहरुलेसंस्थाको चरम विवादले समाज विभाजनको खतरा बढेकोमा चिन्ताव्यक्त गर्दै एकताबाटै समस्या समाधान गर्न सुझाएका थिए । पदीय लोलुपताका कारण संस्थाको छवि केही महिना यता गिरेको धेरैको बुझाइ छ ।
उक्त अवसरमा कोषाध्यक्ष दासुराम पाण्डेले स्वागत मन्तव्य दिएका थिए । कार्यक्रममा वयोवृद्ध सगरमाथा आरोही मीनबहादुर शेरचनको सहयोगार्थ संकलित करिब सात सय पाउण्ड महासचिव पन्तले हस्तान्तरण गरे ।

No comments:

Post a Comment