Wednesday, February 25, 2015

वायु निगमको नयाँ जहाजको उडान स्थगित

नेपाल वायुसेवा निगमको नयाँ जहाज आजदेखि भारतको नयाँदिल्ली उडान सुरु गर्ने भनिए पनि भारतीय आकाशमा उडानका लागि अनुमति आइनसकेकाले स्थगित भएको छ ।
नयाँ जहाजले पहिलो व्यावसायिक उडान नयाँ दिल्लीमा पुनः उडान सुरु गर्ने तयारी गरेको तर अनुमति आइनसकेको हुनाले स्थगित हुन गएको हो ।
निगमका प्रवक्ता रामहरि शर्माले भारतीय उडान अनुमति आउन बाँकी भएकाले आजको उडान स्थगित गरिएको र बेलुकासम्म अनुमति आउने बताए ।
भारतीय पक्षबाट उडान अनुमति प्राप्त भएपछि आगामी शुक्रबारदेखि उडान सुरु गरिने जानकारी उनले दिए ।
निगमका अनुसार नयाँ दिल्लीका लागि एकतर्फी प्रवद्र्धनात्मक भाडादर नेपालीका लागि रु सात हजार १०० र विदेशीका लागि आठ हजार भाडा तोकिएको छ । निगमले यसअघि नयाँ दिल्ली उडान भर्दै आए पनि विमानको कमीले उडान स्थगन गरेको थियो ।
हाललाई नयाँ दिल्लीको उडान सोमबार, बुधबार, शुक्रबार र शनिबार हुने निगमले जनाएको छ । निगमले गत माघमा एयरबस ‘ए ३२० २००' जहाज (सगरमाथा) नेपाल भित्र्याएको थियो ।

No comments:

Post a Comment