Tuesday, March 24, 2015

१४८ जना सवार जहाज दुर्घटनामा जिवितै भेटिने सम्भावना न्यून


फ्रान्स, चैत्र १० - १४२ यात्रु र ६ जना चालकदलका सदस्यसहित जर्मनविङ्सको एयरबस दुर्घटनामा परेको छ । स्पेनको बार्सिलोनाबाट जर्मनीको डसेलडोर्सका लागि उडेको विमान फ्रान्सको समयअनुसार बिहान साढे १० बजे उडेको थियो । फ्रान्सको आल्पस पर्वतमा जहाज दुर्घटनाग्रस्त भएको हो ।

बिबिसीका अनुसार फ्रान्सेली राष्ट्रपति फ्राँस्वाँ होलनले दुर्घटना भएको क्षेत्र र अवस्था हेर्दा कोही पनि जिवितै भेटिने संभावना नभएको बताएका छन् । उनले दुर्घटनास्थल विकट भएकाले उद्धार टोलीलाई त्यहाँ पुग्न गाह्रो भइरहेको बताएका छन् ।

No comments:

Post a Comment