Wednesday, April 1, 2015

जीवन बिकले एसिड हान्नुको कारण त यस्तो पो रहेछ ?

जीवन विक ।
एसिड काण्डका बन्दी जीवनसँग अन्तर्वार्ता लिन हामी हनुमानढोका पुग्यौँ । प्रहरी सहयोगमा हामीले जीवनसँग डेढ घन्टा संवाद गर्‍यौं । डेढ घन्टासम्म उनी धाराप्रवाह बोले । उनले तीन जना प्रहरीको घेराभित्र हामीलाई अन्तर्वार्ता दिएका हुन् । कुराकानीका क्रममा उनी बेलाबेला भावुक बने ।

अचम्मलाग्दो कुरा त, डिप्रेसनका बेला प्रयोग गरेका औषधि, एकपटक भेटेका प्रहरी कर्मचारीका नाम उनले फरर्र सुनाउँथे । हामीलाई बुझ्न अप्ठेरो होला भनेर सम्झाउन भ्याइहाले, ‘एआईजी भनेको प्रहरी अतिरिक्त महानिरीक्षक हो ।’ उनको कुरा सुन्दै जाँदा के-के न सोधौँला भनेर फुर्फुर गरेका हामी चुर्चुर भइसकेका थियौँ । उनले लोकसेवामा आउने प्रश्नदेखि प्रहरी तालिमका फौजी स्टेपसम्म कण्ठस्थ सुनाए ।

उनी बोल्दै जाँदा बीचबीचमा हामीले ‘त्यसपछि’ भन्नेबाहेक अरु प्रश्न सोध्नुपरेन । प्रस्तुत छ, जीवन विकसँग खबरडबलीका लागि सुदीप विश्वकर्मा र सरिता कार्कीले गरेको कुराकानीको सम्पादित अंश :

हाम्रो परिवार ०६९ मा न्युरोडबाट वसन्तपुर डेरा सरेको हो । हामी सरेको घरमा पहिलेदेखि नै संगीताको परिवार भाडामा बस्थ्यो । उनीहरू पहिलो तला र हामी तेस्रो तलामा बस्थ्यौँ । संगीताका आमाबुबा क्याटरिङमा काम गर्छन् । हाम्रो न्युरोडमा चिया पसल छ । बाआमाले चलाउनुहुनछ । मैले बाआमालाई सघाउँथेँ ।

संगीतालाई उनकी आमाकै आग्रहमा मैले म्याथ, साइन्स, इंग्लिस पढाउँथेँ । मेरो पढाइ राम्रै थियो । आफ्नै संघर्षमा पढेको हुँ । कोपुन्डोलमा रहेको प्रगति शिक्षा सदन उच्च माध्यमिक विद्यालयबाट एसएलसी र प्लस टु गरेँ । एसएलसीमा ७०.७५ र प्लस टुमा ५८ प्रतिशत ल्याएको छु । मैले कोपुन्डोलमा अञ्जली केसीको घरमा दुई वर्ष भाँडा माझेँ । अञ्जली दिदी डीआईजी नवराज सिलवालका भाइ कर्नेल सुदर्शन सिलवालकी आफन्त भन्ने सुन्थेँ ।

सुरुमा संगीतालाई भेट्दा उनको केही बानी मलाई मन परेको थिएन । उनी सधैँजसो बेलुकातिर घरबाहिर निस्कन्थिन् । कहिलेकाहीँ एक जना दिदीसँग छ्याङ पनि खान्थिन् । उनलाई डेढ महिना निःशुल्क पढाएँ । ट्युसन पढाउने क्रममा नै हाम्रो प्रेम बस्यो । स्कुलबाट फर्केपछि उनी मेरो कोठामा आउँथिन् । हामीले बिहानको बाँकी खाना भुटेर खान्थ्यौँ ।

हामी नजिकिएको संगीताको १५ वर्षीय भाइ सन्तोष मगरलाई थाहा भयो । सन्तोष पनि राम्रो बाटोमा थिएन । चुरोट, गाँजा, ड्रग्स सबै प्रयोग गर्थ्यो। उसले मसँग पैसा माग्थ्यो । नदिए मेरो र संगीताको सम्बन्ध आमाबुबालाई भन्दिन्छु भन्थ्यो । संगीताको परिवारलाई मैले आफ्नो जात ढाँटेको थिएँ, जीवन खड्का भनेर । जात ढाँटेर सामाजिक प्रतिष्ठा पाउँछु भने किन नढाँटुँ ? हाम्रो चिया पसल भएकाले पनि हामी माथिल्लै जात हुनुपर्ने संगीताको विश्वास रै’छ ।

दिउँसोको ३ बजेको हुँदो हो । एक दिन सधैँ झैँ उनी मेरो कोठामा आइन् । हात समाइन्, नजिकै बसिन् । उनको नजर टेबलमा रहेको नागरिकतामा पर्यो, जसमा लेखिएको थियो— जीवन विक । सुरुमा उनले विक भनेको के जात हो भनेर सोधिन् । मलाई मेरो मायामा विश्वास थियो । निर्धक्क भनिदिएँ, विश्वकर्मा अर्थात् कामी । एकाएक उनको अनुहारमा परिवर्तन आयो । मलाई यो बुझ्न गाह्रो भएन, उनलाई मेरो जात मन परेन । लगत्तै हामीबीच जातबारे कुरा पनि भयो । मैले भनेँ, ‘जातको के कुरा भो र ? म जे जात भए पनि तिमीलाई माया गर्छु ।’

तर, उनले मेरो कुरा खाइनन् । मलाई जीवन खड्का ठानेर मात्रै प्रेम गरेको जस्तो गरिन् । जीवन विक भनेर थाहा पाएको भए नगर्ने जस्तो उनको कुरा थियो । संगीताले हाम्रो परिवार तल्लो जात भएको आफ्नी आमालाई सुनाइछन् । साँझपख संगीताकी आमा चमेली मगर हाम्रो कोठामा आइन् । र, अरु केही कुरा नगरी तथानाम गाली गर्न थालिन्, ‘तँ कामी–दमाई भएर कामी दमाईकै ठाउँमा बस् । मेरो छोरीसँग धेरै हेलमेल नगर् ।’ उनले जात छोएर मात्रै गाली गरिन् ।

मैले उनकै आग्रहमा संगीतालाई पढाउन थालेको थिएँ । म जीवन खड्का हुँदासम्म कुनै समस्या थिएन । जब म जीवन विक भएको थाह भयो, अनि समस्या सुरु भयो । उनले जात छोएर गाली गरेको मलाई मन परेन । यस्तै समस्या हुन्छ भनेरै मैले जात ढाँटेको थिएँ । तर, यति साह्रै होला भन्ने मैले सोचेको थिइनँ । त्यस रात संगीताकी आमाको गालीले म रोएँ ।

एक दिन पसलमा बाआमालाई सघाएर म साँझ ७ बजेतिर कोठामा आइपुगेँ । घरभित्र छिर्नेबित्तिकै बेस्सरी गाँजा गन्हायो । उकुसमुकुस नै बनायो । म कराएँ, ‘कसले गाँजा खायो यहाँ ? खानै परे बाहिर गएर खाए हुन्थ्यो ।’ यति भनेर म ट्वाइलेट गएँ । ट्वाइलेटको ढोकामा कसैले जोडले हान्यो, ढोकै फुट्लाजस्तो गरी । ढोका खोलेँ । ढोका हान्ने संगीताको भाइ सन्तोष रैछ । उसले मेरो कठालोमा समात्यो । ‘बढी हिरो बन्छस् ? मैले खाको हो गाँजा । तेरो बाउको सम्पत्ति खाको हैन ।’ भन्दै कुट्न थाल्यो ।

यत्तिकैमा अर्को मान्छे आयो, त्यही घरमा बस्ने सुदन देवकोटा । दुईजना मिलेर मलाई कुटे । मैले सक्नेजति प्रतिकार गर्दै थिएँ । त्यसपछि संगीता, उनका आमाबुबा पनि थपिए । मलाई कुट्दै बाहिर चोकसम्म ल्याए । मैले प्रतिकार गर्न सकिनँ । उनीहरुले मलाई कुट्न छाडेनन् । चोकमा मानिसको भीड थियो । उनीहरुले मलाई नांगेझार बनाएर कुटे । मेरो ज्याकेट, टिसर्ट च्यातियो ।

झगडा थाहा पाएर मेरो बुवा आउनुभयो । छोरो बेसरी कुटिएको देखेपछि कराउन थाल्नु भो, ‘किन कुटेको मेरो छोरालाई ?’ त्यही बेला संगीताले मेरो बुवालाई दुई पन्च नाकमा हानी । संगीताले त्यतिबेला कराते सिक्दै थिई । उसको पन्चले बुवाको नाकबाट रगतको धारा बग्न थाल्यो । फेरि पनि घटनालाई सामान्य बनाउन संगीताकी आमा अघि सरिन् । उनले ‘छोरै सम्झेर दुई–चार झापड हानेँ, अब मिल्नुपर्छ’ भनिन् । तर, चोकमा नांगेझार बनाएर पिटेको मैले सहन सकिनँ ।

पुलिसलाई फोन गरेँ । पुलिस तत्कालै आएन । त्यसपछि म त्यहाँबाट भागेँ । नत्र थप कुटिन सक्थेँ । वसन्तपुर पुगेपछि तीनजना पुलिस देखेँ ।
उनीहरू मैले नै फोन गरेर आएका रैछन् । त्यसपछि म पुलिससँगै फर्कें । पुलिसले सन्तोष र मलाई लिएर गयो । अनि, मलाई एकरात पुलिस थानामा थुनियो । जीवनमा पहिलोपटक म पुलिस खोरमा परेँ । मैले सोचेको थिएँ— म पीडित हुँ, मलाई सोधपुछ गरेपछि छाडिन्छ । तर, मलाई पनि थुनियो । यसले मलाई दुःखी र आक्रोशित बनायो । यति बेलै मैले प्रतिशोधको भावना लिएको थिएँ ।

संगीताको आमा काम गर्ने क्याटरिङको साहु धेरैजसो संगीताको कोठामा आउने गर्थे, नीलो पल्सर लिएर । उनैले हामीलाई मिल्न भने । मैले संगीतालाई सम्झिएँ । आफूले माया गरेको मान्छेको परिवारलाई दुःख दिन चाहिनँ । एकपटकलाई माफी दिएर मिल्ने कुरा गरेँ । पुलिस थानाबाट त छुट्यौँ । तर, त्यसपछि संगीताको परिवारले हाम्रो परिवारलाई जातीय छुवाछुत गर्न थाल्यो ।

संगीता मसँग बोल्न छाडिन् । हामी कोठाबाट बाहिर निस्कन लाग्दा ‘कामी–दमाईको अनुहार देखियो । साइत परेन’ भन्दै उनीहरुले ढोका लगाउँथे । यसले मलाई धेरै टेन्सन हुन्थ्यो । एकपटक संगीतालाई घरको भर्याङमा भेटेँ । हात समातेर किन मलाई यस्तो व्यवहार गरेको भनेर सोधेँ । उनले घृणा गर्दै भनिन, ‘अबदेखि मेरो हात समाउने हैन, मसँग बोल्ने हैन, नत्र आमालाई भन्दिन्छु ।’

संगीताको यस्तो व्यवहारले म धेरै दुःखी भएँ । हामीले प्रयोग गर्ने ट्वाइलेट एउटै थियो । ओहोरदोहोर गर्ने भर्याङ एउटै । उनीहरूको मुखै हेर्दिनँ भन्दा पनि हेर्नुपथ्र्यो । भर्याङमा कहिलेकाहीँ सन्तोषले चुरोट, गाँजा खाएर मेरो मुखमा धुवाँ उडाउँथ्यो । त्यतिबेला सन्तोषमाथि जाइलाग्न मन लाग्थ्यो । तैपनि संगीतासँग एकपटक कुरा गर्ने मन थियो । फेरि राम्रो सम्बन्ध बनाउने मन थियो । तर, संगीता मसँग बोल्नै चाहिनन् ।

त्यसपछि चमेली आन्टीले धेरैजसो एउटै वाक्य दोहोराउन थालिन्, ‘मेरी छोरी पुतलीजस्ती छे । तँ काले कामी भएर मेरी छोरीको खुट्टामा बाँध्न पनि सुहाउँदैन ।’ मलाई प्रत्येक दिन हेप्न थालियो । मान्छेको रुपमा हेर्नै छाडियो । कुनै बेला म उनीहरूले मलाई निकै प्रशंसा गर्थे— बुद्धिमान, पढ्ने, सोझो, इमानदार भनेर ।

तर, कामी भन्ने थाहा पाएपछि हिजोको कुरा सबै झुट भयो । ती सबै एकाएक परिवर्तन भएँ । म एउटै धारामा पानी थाप्न दिएनन् । यतिसम्म कि ट्वाइलेट जान पनि दिएनन् । उनीहरुको मप्रतिको घृणाको व्यवहारले सीमा नाघ्न थाल्यो । मेरो सहनशीलताले पनि सीमा नाघ्दै थियो। यसरी नै डेढ महिना बित्यो । ममा प्रतिशोधको भावना झन्झन् बढ्न थाल्यो । मैले संगीता र सन्तोषको हातखुट्टा भाँच्ने सोच बनाएँ । त्यसका लागि बाँसको लामो लाठी पनि लुकाएर राखेको थिएँ । कामका लागि संगीताको आमाबुवा बिहान ६ बजे नै निस्कने गर्दथे ।

दिदीभाइ एक्लै कोठामा सुतिरहेका हुन्थे । त्यही बेला हान्छु भनेर पनि सोचेँ । तर, संगीताको अनुहार देख्दा माया लागेर आउँथ्यो । हान्न सक्दिनथेँ । हान्नै खोज्थेँ, हात काम्थ्यो, मुख सुक्थ्यो । त्यसपछि मेरो दाइको बिहे गर्ने कुरा भयो । दाइको विवाहको तयारीमा लागेपछि मैले बदला लिन पाइनँ, दाइको बिहे २२ मंसिर ०७० मा भयो ।

संगीताको परिवारको जातीय भेदभावको व्यवहारले मलाई पसलमा काम गर्न पनि मन लाग्न छाडेको थियो । पसलमा दैनिक तीन हजारदेखि ३५ सय व्यापार हुन्थ्यो । मलाई एकपटक पढेको कुरा याद हुन्थ्यो । तर, त्यसपछि मैले पढ्न पनि सकिनँ । चैतताका हाम्रो पसलमा एकजना राजेश प्रधान भन्ने मान्छे आउँथे । उसले भारतीय आर्मी हुँ भन्थे । हामी व्यापारी भएकाले सबै ग्राहकसँग कुरा गथ्र्यौं ।

राजेशदाइ दिनदिनै आउन थालेपछि हाम्रो निकटता बढ्यो । मेरो शरीर देखेर उनले मलाई भारतीय आर्मीमा पठाउने कुरा गरे । म स्कुलमा हुने दौड प्रतियोगितामा भाग लिइरहन्थेँ । दौडमा भाग लिएका मेरा २५ वटा सर्टिफिकेट छन् । कथा, कविता र अन्य अतिरिक्त क्रियाकलापका पाँचवटा सर्टिफिकेट छन् । राजेशदाइले मेरा सर्टिफिकेट हेर्नुभयो । मेरो सानैदेखिको सोच आर्मी वा पुलिस बन्नु अथवा सरकारी सेवा गर्ने थियो । राजेशदाइले मेरो मनकै कुरा गरेका थिए । संगीतादेखि टाढिन पनि म भारतीय सेनामा जाने विचार गरेँ ।

राजेशदाइले मलाई भारत जान तयार हुन भने । त्यसका लागि मलाई ५० हजार भारु व्यवस्था गर्न भने । चिया पसलबाट अलिअलि बचत भएको थियो । म वैशाख ०७० मा भारतीय सेना बन्न राजेशदाइसँगै भारत गएँ । हामी काँकडभित्ता हुँदै सिक्किम गयौँ । त्यहाँको होमस्टेमा बस्यौँ । करिब सात दिन बसिसकेपछि एक दिन अचानक राजेशदाइ गायब भए, मेरो ५० हजार आइसी लिएर ।

उनी आउने आशामा मैले एक हप्ता त्यहीँ बिताएँ । मैले ६० हजार आइसी लिएर गएको थिएँ । त्यो एक हप्तामा मैले होमस्टेमा काम गर्न सुरु गरिसकेको थिएँ । काम गरेबापत मलाई निःशुल्क खान दिइन्थ्यो । धेरै दिन राजेशदाइ नआएपछि म काठमाडौं आएँ । काठमाडौंको बसपार्क आएपुगेपछि मलाई आफ्नो कोठामा जान मन भएन ।

आमाबुवाले चिया बेचेर एक–दुई रुपैयाँ गरी बचाएको पैसा कसैले ठगेर हिँडेको थियो । त्यो कुरा घरमा भन्न मलाई आँट आएन । म गेस्ट हाउसमा बस्न थालेँ । उता, संगीता टाढिएको र जातीय भेदभाव गर्ने भएकाले पनि मलाई घरमा जान मन भएन । बेलाबेला संगीतालाई सम्झिँदा मलाई निकै रिस उठ्थ्यो ।
मेरो नाममा पनि बैंकमा पैसा थियो । मैले मेरो अकाउन्टबाट पाँच हजार रुपैयाँ निकालेँ र प्रकाश ब्याट्री पसलबाट एक सय २५ रुपैयाँको एसिड किनेँ । त्यतिबेला विश्वकप चलिरहेको थियो । मैले त्यतिबेला नै संगीतालाई एसिड छ्याप्छु भन्ने सोचेको थिएँ । तर, सकिनँ ।

एक हप्ताभन्दा बढी गेस्टहाउसमा बस्न पैसाले पुगेन । मैले साहिँलो काकालाई सम्झिएँ । ‘हरि खड्का’ को नामले चिनिने मेरो साहिँलो काका टोखामा बस्ने गर्छन् । उनको कोठामा २२ दिन बसेँ । सधैँ काकाको कोठामा बस्ने कुरा नभएकाले मैले उनलाई मेरा लागि अर्को कोठा खोजिदिन आग्रह गरेँ । १६ सयको कोठा खोजियो र एक्लै बसेँ । चार हजार पर्ने ग्यास पनि किनेँ । त्यतिबेला जताततै ग्यासको हाहाकार थियो । बिहान खाए बेलुका नखाने र बेलुका खाँदा बिहान नखाने गर्न थालेँ । खाना पनि चामलमा नुन हालेर पकाउँथे । त्यहाँ बस्दा पनि संगीताको मात्र याद आउन थाल्यो । उनको परिवारले मेरो परिवारप्रति गरेको दुव्र्यवहारले मन पोल्थ्यो । रिस मरेको थिएन । संगीताको घमण्ड तोड्ने रिस बढ्दै थियो ।

बसपार्कमा किनेको एसिड नयाँ कोठामा लगेँ । त्यसलाई प्लास्टिकको बोतलमा हालेको कच्याककुचुक भयो ।त्यही बेला असईको कोर्स लिन थालेँ । साढे दुई महिना त्यहाँ सेवा, संविधान, आइक्यु, जिके, नेपाली, अंग्रेजी आदि पढेँ । तर, तनावले सम्झन सकिनँ ।
पत्रकार सम्मेलनमा प्रहरीले सार्वजनिक गर्दागर्दै ढलेका हतकडी सहितका जिवनपत्रकार सम्मेलनमा प्रहरीले सार्वजनिक गर्दागर्दै ढलेका हतकडी सहितका जिवन
एसिडखेर गएको तीन हप्तापछि घरमा फोन गरेँ, ९७२१४३१०२१ नम्बरबाट ।

यो नम्बर सिक्किममा पनि चल्ने भएकाले परिवारलाई सिक्किमै भएको विश्वास दिलाउन लिएको थिएँ । कहिलेकाहीँ फोन गर्थें । इन्डियन आर्मी भइसकेँ भनेर घरमा ढाँटेको थिएँ । पैसा गुमेपछि मैले घरमा ढाँट्नैपर्ने पनि थियो । नत्र त्यति दुःख गरेर जम्मा गरेको पैसा कसैले खायो भन्दा बाआमालाइै ठूलो झट्का हुन सक्थ्यो ।

असईको परीक्षाका लागि मेरो टंगालमा सेन्टर पर्यो । परीक्षा दिएँ । राम्रो भएको थियो । नाम निस्कन्छ भन्नेमा ढुक्क थिएँ । त्यसको केही समयपछि सशस्त्रको पनि परीक्षा दिएँ । एक दिन रेडियोमा डा. विकासानन्दको प्रवचन सुनेँ । उनको प्रवचन डिप्रेसनबारे थियो । मलाई अचम्म लाग्यो, उनले बताएको डिप्रेसनको लक्षण मेरो अवस्थासँग ठ्याक्कै मिल्यो । म त डिप्रेसनमा परिसकेको रहेछु ।

सधैँजसो मेरो दिमागमा संगीता नै आइरहन्थिन् । केही समस्या पर्दा, परिवारसँग झगडा पर्दा, सानो–सानो कुरामा पनि संगीताले मलाई साथ दिन्थिन् । तर, उनी पूरै बदलिएकी थिइन् । उनी बदलिएपछि र उनको परिवारले गरेको दुव्र्यवहारले मलाई तनाव भइरहन्थ्यो । यसैले मलाई डिप्रेसन भएछ । शिक्षण अस्पतालमा उपचार हुन्छ भन्ने थाहा पाएँ । ३५ रुपैयाँको टिकट काटेर एकजना महिला डाक्टरलाई भेटेँ । मैले आफ्नो समस्या सुनाएँ, ‘मलाई मानिसहरू मार्न मन लाग्छ, आफू पनि मर्न मन लाग्छ, निन्द्रा लाग्दैन, सधैँ एउटै कुरा दिमागमा आइरहन्छ ।’

डाक्टरले मेरो सबै कुरा सुनिसकेपछि सम्झाउनुभयो । र, १० एमजीको इन्डेरल, १०० एमजीको सर्टिमा र ०.२५ एमजीको जोडियाक (निन्द्राको औषधि) दिनुभयो । दुई हप्तापछि फेरि बोलाइएको थियो । औषधिले मलाई सुरुमा टाउको दुख्यो । टाउको पछाडिको भागमा निकै तातो हुन्थ्यो । खुट्टा, मुख सबै सुन्निएको जस्तो महसुस हुन्थ्यो । तैपनि निको हुने आशामा औषधि खान छोडिनँ ।

दुई हप्तापछि निकै राम्रा कुरा दिमागमा आउन पनि थाले । आमाबुवाको दुःख सम्झिएँ, दिदीबहिनी सम्झिएँ । उनीहरूका लागि केही गर्नुपर्छ भन्ने भावना पनि आउन थाल्यो ।

२१ माघमा असईको रिजल्ट आउने भनिएको थियो । तर आएन । फेरि तनाव हुन थाल्यो । त्यसपछि भने औषधि खान छाडेँ । किनभने, महँगो थियो । औषधि खान छाडेदेखि फेरि जिउ काम्न थाल्यो, सपना नराम्रो देख्न थालेँ ।

त्यसपछि मलाई आफ्नो चिन्ता हुन छाड्यो । दिमागमा खराब कुरा आउन थालेँ । अनि, संगीतालाई एसिड हान्ने निर्णयमा पुगेँ । फागुन ६ मा हर्लिक्सको सीसी किनेँ, २० रुपैयाँमा । संगीतालाई एसिड हान्नेबारे सोचेँ । त्यसमै एसिड हालेँ ।

फागुन ९ गते राति सुत्नुभन्दा अगाडि ५ बजेको अलार्म हालेँ– मेरो कलर्स मोबाइलमा । १० गते बिहान पाँच बजे उठेँ । हातमुख धोएँ । बोर्डरमा सुन्तला रङ भएको निलो रङको हुक, कालो रङको मास्क लगाएँ । ब्यागमा एसिड हालेँ । टोखाबाट गाडी चढेँ र जमल ओर्लिएँ । जमलबाट हिँड्दै वसन्तपुर आएँ । संगीतालाई जताततै खोजेँ । कतै पाइनँ । कता खोज्ने होला भन्ने सोचिरहेको थिएँ । जताततै अँध्यारो थियो । तर, एउटा घरको एउटा कोठामा बत्ती बलिरहेको देखेँ ।

त्यहाँ लेखिएको थियो, ए वान ट्युसन सेन्टर । संगीता पक्कै त्यहीँ हुनुपर्छ भन्ने लाग्यो । त्यतै गएँ । यताउती खोजेँ । एउटा कोठाको ढोका खोलिएको थियो । त्यहाँ मैले संगीतालाई देखेँ । म बाहिर बसेको थिएँ । त्यहाँ एकजनाले जारको पानी मिलाउँदै थिए । मैले एसिड हान्ने मौका पर्खिरहेको थिएँ । भित्रबाट संगीताले देखिन् । मैले उनले साबुन लगाइदिएको सुन्तला रंगको हुक लगाएको थिएँ, माक्र्स लगाएको थिएँ । उनले मलाई देख्नेबित्तिकै चिनेचिने जस्तो गरी हेरिन् । झोलाबाट एसिड झिकेर सरासर भित्र गएँ । र, संगीतालाई एसिड छ्यापेँ । निकै खुसी भएर त्यहाँबाट हिँडेँ । माइक्रो चढेर टोखा पुगेँ । सीमा बस्नेत र हेमु मुखर्जीलाई पनि एसिड लागेको कुरा मैले भोलिपल्टको पत्रिका हेरेर मात्र थाहा पाएको हुँ ।

परिणाम यस्तो होला भन्ने मैले कहिले पनि सोचेको थिइनँ । एसिडले संगीताको मुखमा घाउ बनायो तर यसले मेरो मुटुमा घाउ बनायो, मेरो मस्तिष्कमा घाउ बनायो । संगीतालाई एसिड हानेपछि अब आफू पनि नबाँच्ने भन्दै आत्महत्या गर्ने सोचेँ । त्यही दिन टोखाको कोठामा झुन्डिएर मर्ने विचार गरेँ । कोठामा फ्यान नभएका कारण कोठाभित्रै झुन्डिने ठाउँ देखिनँ । भर्याङको समात्ने ठाउँमा झुन्डिएँ, तन्नाले बाँधेर । भर्याङमा भुन्डिँदा पनि खुट्टाले भुइँमा छोयो । मेरो कोसिस सफल भएन । भोलिपल्ट टोखाको जंगलमा गएर हाम फालेँ । अलिअलि चोट लाग्यो । फेरि कोठामा फर्किएर ग्यास पूरै खोलिदिएँ । आगो बालेँ, ठूलो आगो लाग्यो । तर, निभाएँ । किनकी म भाडामा बसेको थिएँ । मलाई कसैको घर जलाउनु थिएनँ ।

फेरि अर्को सोच बनाएँ । अझै पाँचजनालाई मारेर आफू पनि मर्ने । संगीतालाई मैले घाइते बनाइसकेको थिएँ । मेरो सूचीको अर्को व्यक्ति थियो, राजेश प्रधान । म फागुन २० गते फेरि सिक्किम हानिएँ । पैसा दिए केही नगर्ने र नदिए सीधै मारिदिने सोचमा थिएँ । म त्यहाँ रानीगाउँको ढकाल गाउँमा बसेँ । त्यहाँ मैले राजेशलाई निकै खोजेँ । प्रधान थरका त त्यहाँ धेरै रहेछन् । तर, राजेश प्रधान नामका ती व्यक्तिलाई मैले सिक्किममा पाउनै सकिनँ । उनलाई मैले भेट्ने आशा मारिसकेको थिएँ ।

त्यसपछि सिक्किममै बसेर केही कमाइ हुने काम गर्ने सोच पनि बनाएँ । त्यहाँको एउटा रेस्टुरेन्टमा काम मिलाइसकेको थिएँ । घरका मान्छेलाई म भारतीय सेना भइसकेको भन्ने थियो । त्यसपछि मलाई काठमाडौंबाट लक्ष्मण शर्माको फोन आयो । उनले भने, ‘त्यता काम के गरिरहेका छौ, तिमीलाई त नेपालको पुलिसले शंका गरिरहेको छ एसिड हानेको भन्दै, तिमीलाई भारतीय सेनाले समात्यो भने बेइज्जत हुन्छ, त्यसकारण यता नै फर्क ।’

उनले भनेको मानेर म काठमाडौं फर्किएँ । टोखामा बस्न थालेँ । संगीताको याद आउँथ्यो । उनलाई मोडल हस्पिटलमा राखेको कुरा थाहा थियो र भेट्न जान पनि मन लागेको थियो । तर, पुलिसले समात्ने डरले त्यहाँ गइनँ । डरभन्दा पनि पाँच जनालाई नमारी पुलिसले मलाई समात्नुहुन्न भन्ने मेरो चाहना थियो ।
५ चैत साँझ ८ बजेतिर म सुतिसकेको थिएँ । राति सुत्दा कहिले पनि ढोकामा चुकुल लगाउँदिनँ । सुतिरहेका बेला त्यही घरको एकजना दाइसँगै पुलिस आयो । ढाका टोपी लगाएका दाइले ‘एसिड अट्याकमा तिम्रो के संलग्नता छ’ भनेर सोधे ।

मलाई मेरो जीवनको केही मतलब थिएन, त्यसैले सबैकुरा भनिदिएँ । मलाई एक थप्पड पनि हानिएन । त्यहाँबाट भ्यानमा हालेर हनुमान ढोका ल्याइयो । एसपी मीरा चौधरीसँग भेटाइयो । उहाँले सबै कुरा विस्तृत रुपमा भन्न आग्रह गर्नुभयो । चारवटा बिस्कुट र चिया खाँदै मैले सबै वृत्तान्त उहाँलाई सुनाएँ । मीरा म्यामले भन्नुभयो, ‘तिम्रो उद्धार भयो, अरुले भेटेको भए तिमिलाई मारेर फ्याकिँदिन्थे ।’ भोलिपल्ट ११ बजे रानीपोखरीमा प्रहरी अतिरिक्त महानिरीक्षक विज्ञानराज शर्मासँग भेट भयो । उनलाई सबैकुरा बताएँ । उनले एसिड हान्ने विचार कहाँबाट आयो भनेर सोध्दा मैले ‘तपाईंलाई डिजिटल नम्बर प्लेट हटाउने सोच कहाँबाट आयो ?’ भनेर सोधेँ । शर्मासँग मैले भारतीय टेलिशृंखला ‘सावधान इन्डिया’ र ‘क्राइम पेट्रोल’ हेरेर प्रभावित भएको बताएँ ।

डिप्रेसनमा परेपछि मलाई मानिसहरु धेरै देख्दा डर लाग्न थालेको थियो । भीडमा हुँदा मेरो टाउकोको पछाडि भागमा अति पीडा हुने गर्छ । सार्वजनिक गर्ने दिन मलाई त्यस्तै भएको थियो । माथिबाट आउँदा केहि भएको थिएन । तर, एक्कासि मानिसहरु म भए ठाउँमा झुम्मिन थाले । क्यामराको फ्ल्यास बर्सिन थाल्यो र मलाई एक्कासि टाउको दुख्न थाल्यो ।

नागरिक र नयाँ पत्रिकाले मलाई त्यो दिनमा बेहोस भएको नाटक गरेको आरोप लगाएका थिए । यो विषयमा मेरो पत्रकारहरुप्रति पनि छुट्टै धारणा बनेको छ । मैले कतिपय अवस्थामा पत्रकारहरु कुटिएको, मारिएको खबर सुन्ने गरेको छु । पहिला लाग्थ्यो किन यस्तो गर्छन् होला ? तर अहिले यसको कारण बुझ्ने भएको छु । मलाई आफ्नो ज्यानको मतलब छैन, आउ अहिले गोली हान । मैले बेहोस भएको नाटक किन गर्नुपर्यो र ? सार्वजनिक गरेको दिन मलाई वीर हस्पिटल लगिएको रहेछ । सुई हालेपछि टाउको चिसो भयो र मात्र मलाई होस आउन थाल्यो । त्यहाँ मलाई ५०० एमजीको कोडोपार भन्ने औषधि दिइयो ।

हो, एसिड हान्नु मेरो गल्ती हो । यसका लागि म दुई वर्ष होइन, पाँच वर्ष जेल बस्न तयार छु । जेलबाट निस्किएपछि राम्रो तरिकाले जीवनयापन गर्न चाहन्छु । जेल भनेको मेरा लागि स्कुल हो । जसरी मैले स्कुलमा हुँदा धेरै कुरा सिकेँ र कहिल्यै त्यहाँ फर्केर गइनँ, त्यसरी नै जेलमा हुँदा पनि म धेरै कुरा सिक्छु र फेरि फर्केर आउनेछैन ।

परिवारलाई सन्देश :
मेरो परिवारलाई मेरोबारे केही पनि चिन्ता नलिन आग्रह गर्दछु । म राम्रो हुँदाहुँदै पनि समाजको मूल्य–मान्यताले राम्रो हुन दिएन । मलाई यहाँ सबैले माया गर्नुहुन्छ । जेलबाट निस्केपछि म तपाईंहरुको नै राम्रो छोरा बन्नेछु ।

संगीतालाई सन्देश :
संगीता म तिमीलाई हिजो पनि माया गर्थें, आज पनि गर्छु र भोलि पनि गरिरहनेछु । तिमीले मसँग विवाह गर्छु भन्यौँ भने म अहिले पनि तिमीलाई स्विकार्छु । म एक्लो भएसम्म तिमीलाई सधैँ स्विकार्नेछु ।

चमेली आन्टीलाई सन्देश :
चमेली आन्टी, तपाईंले मलाई बुझ्न सक्नुभएन । म तपाईंहरुको सधैँ भलो चाहन्थेँ । सायद छुवाछुतको भावना तपाईंहरुमा नभइदिएको भए, आज म यहाँ कदापि हुने थिइनँ र संगीता पनि हस्पिटलमा हुने थिइनन् ।

सभासद्लाई प्रश्न :
गृहमन्त्रीलाई ६०१ सभासद्ले प्रश्न गरे, ‘६४ हजार प्रहरी परिचालन गरेर पनि किन एसिड आक्रमणकारीलाई समात्न सक्नुभएन ?’ म तीन करोड नेपाली जनताको तर्फबाट ६०१ सभासद्लाई प्रश्न गर्छु, ‘अहिलेसम्म किन संविधान दिन सक्नुभएन ?’

Read more: http://therohitshow.blogspot.com

टंकीसिनवारीमा दुई बस जुधे, दुई जनाको मृत्यु, दुई दर्जन शख्त घाइते

सोजन्य : मकालु टि वि
  Published: 01 April 2015    Hits: 71

मोरङ, चैत १८ मोरङको टंकिसिनवारी–६ स्थित निमुवामा आज दुइवटा बस एक आपसमा जुद्धा २ जनाको मृत्यु भएको छ भने अन्य दुई दर्जन बढी घाइते भएका छन् । मृत्यु हुनेमा एक महिला र एक पुरुष रहेको र उनीहरुको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ । घाइतेहरुको विराटनगरका नोबेल, न्युरो, गोल्डेन र विराटनगर अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये धेरैको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । बेल्टारबाट आउदै गरेको को १ ख ४१९० नम्बरको बस र विराटनगरबाट धरानतर्फ जाँदै गरेको को १ ख ३८०५ नम्बरको बस आज विहान साढे ९ बजे एक आपसमा जुधेका थिए । बेल्टारबाट आउँदै गरेको बसमा बढी क्षती भएको छ । उक्त बस विपरित दिसाबाट आउदै गरेको बसमा ठोक्एिर सडकमा पल्टिएर दुइ टुक्रा भएको छ । साइकल यात्रीलाई जोगाउन खोज्दा बस पल्टिएको प्रत्यक्षदर्शीले बताएका छन् ।

Thursday, March 26, 2015

Here's what we know about the co-pilot who crashed Germanwings flight 9525

The co-pilot of the downed Germanwings Airbus 320 who "intentionally" crashed the plane, according to French officials, has been identified as 28-year-old German national Andreas Lubitz.

Lubitz was from Montabaur, in the Rhineland-Palatinate region of Germany, and had logged 630 flight hours before co-piloting the doomed aircraft.

Lubitz joined Germanwings in September 2013 after training at the Lufthansa Flight Training School in Bremen, according to Lufthansa officials, and was praised by the Federal Aviation Administration (FAA) for "meeting or exceeding the high educational, licensing and medical standards established by the FAA," the Aviation Business Gazette reported in 2013.

The young pilot's evident skills landed him a spot in the prestigious FAA Airmen Certification Database.

Lubitz showed no signs of any psychological problems and passed all of the medical tests administered during his training, a Germanwings official said.

He was a member of the LSC flight club, which posted a death notice on its website naming him, according to the Wall Street Journal: “Andreas became a member of the club as a youth to fulfill his dream of flying,” it said.

"It was his dream fulfilled, the dream he so dearly for with his life.  The members of the LSC Westerwald mourn Andreas and the other 149 victims of the disaster. Our deepest sympathy goes out to the victims of all nationalities."

Lubitz reportedly lived with his parents in Montabaur and kept a flat in Duesseldorf where the doomed Germanwings flight from Barcelona was bound, Montabaur mayor Gabriele Wieland told national news agency, DPA. Public records show Lubitz was also "an avid runner who often took part in local races," the Straits Times reported.

Police deployed outside the Montabaur, #Germany home of Andreas Lubitz, the pilot who crashed the #Germanwings plane pic.twitter.com/DJ9OysJBZJ

— Auskar Surbakti (@AuskarSurbakti) March 26, 2015
Officials said Thursday that Lubitz showed a "willingness to destroy this plane," the Daily Beast reports, and he could reportedly be heard breathing until the plane crashed, ruling out any kind of medical emergency that may have left him incapacitated.

Lubitz apparently locked the pilot out of the cockpit before deliberately pushing the button to start the plane's descent.

The revelation that Lubitz intentionally downed the plane may answer one of investigators' most pressing questions, including why air traffic controllers were unable to make contact with the plane during the flight's final two minutes, and why the plane made a "very long descent at normal speed without any communications, though the weather was absolutely clear."

Officials are currently investigating Lubitz's background, but a German security official has said there are no indications that Lubitz had any connections to terrorism, according to the NBC, and Germanwings CEO Thomas Winkelmann has said that Lubitz was competent and '100% fit' in all areas.

The more likely explanation seems to be that Lubitz was suicidal.

"While incredibly rare for a pilot to kill himself — and everyone else on a plane — there is both national and international precedent for what experts call 'aircraft-assisted pilot suicides,'” Terrence McCoy wrote in the Washington Post. "According to Federal Aviation Administration data, 24 American pilots have killed themselves while flying their planes in the last two decades."

Wednesday, March 25, 2015

This Is An Ideal Resume For A Mid-Level Employee, CV बनाउने Tips and Tricks

Having a ton of experience under your belt doesn't necessarily mean you have an "impressive" resume.

"You can have all the experience in the world — but if your resume doesn't stand out, if you don't present that information in a well-organized manner, or if it doesn't tell your story, nobody will take the time to look at your resume closely enough to see all that experience," says Amanda Augustine, a career expert at TheLadders, an online job-matching service for professionals.

To get a clearer picture of what makes a resume stand out, we asked Augustine to create a sample of an excellent one for a mid-level professional.

While your resume may look different depending on the industry you're in, the one below should serve as a useful guide for job seekers with about 10 years of experience:

graphics, resume, ideal, mid-level
Skye Gould/Business Insider

What makes this an excellent resume for a mid-level professional? Augustine outlines the following reasons:

1. The job seeker didn't try to squeeze everything into one page.

"At this point in your career, you've earned the extra resume real estate," says Augustine. "Spend more space elaborating on your most recent work, assuming it's most relevant to your current job goals." Include your header at the top of the second page as well, she says, so your name and contact information are always "top of mind" for the reader.

2. A list of the job seeker's core competencies is featured at the top.

Alex's resume contains a list of his core skill sets, usually referred to as, "Areas of Expertise" or, "Core Competencies." "This list serves two purposes," she says. "One, it allows a reader to quickly scan the top portion of the resume and get a good sense of Alex's capabilities; and two, it helps Alex's resume get past the electronic gatekeepers known as Applicant Tracking Systems."

3. Each role is split into responsibilities and key achievements.

Under each job title is a short description that explains Alex's responsibilities in that particular role. "Underneath the description is a set of bullets that highlight his most noteworthy and relevant contributions," Augustine explains. "Be specific and clear when describing your accomplishments and contributions."

4. Information is quantified wherever possible.

Include numbers whenever possible, whether you're describing the size of your budget, the number of events you helped organize, or the number of people you managed.

5. The job seeker used his work experience to show progression.

"Alex's work experience is listed in reverse-chronological order, starting with his current position," she points out. "More space is dedicated to the details of Alex's recent roles and achievements, as employers are most interested in this information and it's directly tied to his current job goals. Even when the job titles are the same, Alex is demonstrating how he's progressed in his career by taking on larger projects, bigger budgets, and more people."

6. The "Education" section was moved to the end of the resume.

Once you've been in the working world for three years, your education section should shift towards the bottom of your resume. "When you first graduate, your new degree is one of your best selling points," Augustine says. "Now that you've been in the workforce for a while, your experience and the skills you've developed should take center stage."