Wednesday, April 1, 2015

टंकीसिनवारीमा दुई बस जुधे, दुई जनाको मृत्यु, दुई दर्जन शख्त घाइते

सोजन्य : मकालु टि वि
  Published: 01 April 2015    Hits: 71

मोरङ, चैत १८ मोरङको टंकिसिनवारी–६ स्थित निमुवामा आज दुइवटा बस एक आपसमा जुद्धा २ जनाको मृत्यु भएको छ भने अन्य दुई दर्जन बढी घाइते भएका छन् । मृत्यु हुनेमा एक महिला र एक पुरुष रहेको र उनीहरुको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ । घाइतेहरुको विराटनगरका नोबेल, न्युरो, गोल्डेन र विराटनगर अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये धेरैको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । बेल्टारबाट आउदै गरेको को १ ख ४१९० नम्बरको बस र विराटनगरबाट धरानतर्फ जाँदै गरेको को १ ख ३८०५ नम्बरको बस आज विहान साढे ९ बजे एक आपसमा जुधेका थिए । बेल्टारबाट आउँदै गरेको बसमा बढी क्षती भएको छ । उक्त बस विपरित दिसाबाट आउदै गरेको बसमा ठोक्एिर सडकमा पल्टिएर दुइ टुक्रा भएको छ । साइकल यात्रीलाई जोगाउन खोज्दा बस पल्टिएको प्रत्यक्षदर्शीले बताएका छन् ।

No comments:

Post a Comment